Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

वायुको गुणस्तर खस्किँदै, मानव स्वास्थ्यका लागि हानिकारक

वायुको गुणस्तर खस्किँदै, मानव स्वास्थ्यका लागि हानिकारक

  • काठमाडौं । काठमाडौं उपत्यकासहित धेरै भेगमा वायुको गुणस्तर खस्किँदै गएको छ । वायु गुणस्तर सूचकांक (एयर क्वालिटी इन्डेक्स–एक्यूआई) हरेक दिन बढिरहेको छ। शुक्रवार ४ सय ७० र शनिवारर साँझसम्म २ सय ९ स्थानमा डढेलो लागेपछि त्यसको असरले वायु गुणस्तर मानव स्वास्थ्यका दृष्टिले हानिकारक तहमा पुगेको छ। सबैभन्दा बढी प्रदूषणको मात्रा बाराको सिमरा र ललितपुरको भैंसेपाटीमा देखिएको छ। शनिवार विहान ती स्थानको एक्यूआई क्रमशः ३८६.०३ र ३५५.८९ देखिएको राष्ट्रिय विपद् न्यूनीकरण तथा जोखिम व्यवस्थापन प्राधिकरणले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    शुक्रवारको तुलनामा शनिवार धेरै ठाउँमा डढेलो घटेको विवरण प्राप्त भएको छ। डढेलो घटे पनि प्रदूषणको मात्रा भने घटेको देखिँदैन । प्रदूषणले घातक असर बिहीवार सिमराको २४ घण्टाको एक्यूआई ३४८, भैंसेपाटीमा २३६, भक्तपुरमा २०७, कीर्तिपुरमा १९९ र रत्नपार्कमा १८३ थियो। बिहीवारको तुलनामा शुक्रवार सिमरासहित अधिकांश भेगमा एक्यूआई बढेको छ। सिमरामा ३६३, भैंसेपाटीमा ३१४, भक्तपुरमा ३११, कीतिपुरमा २९०, रत्नपार्कमा २०० र पोखरामा २०० मापन भएको वातावरण विभागको तथ्यांक छ। जमिन र वायुमण्डलबीचको वायुलाई छेक्ने तह (इन्भर्जन लेयर)ले अधिकांश भेगमा तुवाँलो बढेपछि मध्य हिउँदझैं ‘भिजिबिलिटी’ कमजोर भएको छ।

    AGNI GROUP

    जमिनको सतहबाट ३–४ सय मिटरमाथि विकसित हुने ‘इन्भर्जन लेयर’ले जमिन र वायुमण्डलको वायु स्थिर रहने विज्ञ बताउँछन्। धुलो, धुवाँ र प्रदूषणले ढाकिएको वायु धकेल्ने पश्चिमी मौसमी प्रणाली विकास नहुँदा तुँवालो बढेको विज्ञहरूको ठहर छ।

    वायुमण्डलमा धुलो, धुवाँ र बालुवा मिश्रित ‘हेज’को मात्रा धेरै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij