Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

बालबालिकाको बिदा कसरी उपयोग गर्ने ? अभिभावकले जान्नै पर्ने २० कुरा

बालबालिकाको बिदा कसरी उपयोग गर्ने ? अभिभावकले जान्नै पर्ने २० कुरा

  • चार दिनको बिदामा बालबालिकालाई यस प्रकारको गृहकार्य गर्न लगाऔं । 
    १. तपाइंको घर बाहिर आज वातावरणको अवस्था कस्तो छरु चित्र बनाउनुहोस्
    २.आफूले बनाएको चित्रलाई १००-२०० शब्दमा बर्णन गर्नुहोस्

    onlinepatrika
    Arghakhachi

    ३.के कारणले वातावरणमा यस्तो परिवर्तन आएको रहेछरु पत्रपत्रिका र सामाजिक संजालमा आएका कुरालाई आधार मानेर समीक्षा गर्नुहोस् 
    ४.वातावरण बिग्रिएका कारण स्कुल बन्द भएको कुरा तपाइंलाई कस्तो लाग्यो ? 
    ५.वायु प्रदुषण हुँदा यसले हाम्रो स्वास्थ्यमा कस्तो असर पर्न सक्छ होला  ?
    ६.वृद्ध र बालबालिकालाई किन अति संवेदनशील मानिएको होलारु बयस्क व्यक्तिभन्दा उनीहरुलाई वायु प्रदुषणले किन बढी असर गरेको होला ?
    ७.वायु प्रदुषणका कारणहरु के के होलान ?
    ८. तपाइंको घर छेउमा वायु प्रदुषणका कारक के के छन्रु उनीहरुलाई वायु प्रदुषण कम गर्ने कस्ता उपाय सुझाव दिनुहुन्छ ?
    ९.तपाइंले वन जंगलमा डढेलो लागेको देख्नुभएको छरु डढेलो किन लगाएका होलानरु डढेलो लाग्दा वन्यजन्तू र वनस्पतिलाई कस्तो असर गर्छ होला ?
    १०.तपाइंको विचारमा डढेलोलाई कसरी नियन्त्रण गर्न सकिन्छ होला ?
    ११.उद्योग र कलकारखानाबा र इन्धन्युक्त सवारीसाधनबाट निस्किएको धुवाँले कसरी वायु प्रदुषण गर्छ होलारु यसलाई नियन्त्रण गर्न के गर्नु पर्छ होलारु
    १२.तपाईंहामीले खाना पकाउँदा प्रयोग गर्ने दाउरा, खेतबारीमा बालिने पराल, अनि घरबाट निस्किएको प्लास्टिकजन्य फोहोर जलाउँदा वायु प्रदुषण हुन्छ कि हुँदैन होलारु यसलाई नियन्त्रण गर्न के गर्नु पर्छ होला ?
    १३. काठमाडौँलाई विश्वकै प्रदुषित शहरमध्ये एक भनिएको छरु काठमाडौँ किन यति धेरै प्रदुषित भयो होलारु यसमा तपाईंहामी कति जिम्मेवार छौं होला ?
    १४. काठमाडौँ उपत्यका भएको कारणले यहाँको फोहोर हावा सजिलै बाहिर जान नसकेको कारण यही जम्मा भएर बढी प्रदुषित भएको भन्ने गरिएको छरु यो भनाइ कति वैज्ञानिक छ होलारु के निश्चित भौगोलिक अवस्था हुँदा त्यस क्षेत्रको वातावरण फरक पर्न सक्छ होला ?
    १५. विश्वभरि नै वातावरणको यही अवस्था रहे वा वायु प्रदुषणको मात्रा बढ्दै गए यसले मानवलाई कस्तो असर पर्छ होलारु पृथ्वी र वायुमण्डलमा कस्तो असर पर्छ होलारु
    १६. ग्लोबल वार्मिंग भनेको के होरु वायु प्रदुषणसंग यसको के सम्बन्ध छ ?
    १७. बढ्दो वायु प्रदुषण कम गर्न के गर्नु पर्ला ?
    १८.कुनै निश्चित क्षेत्रमा वायु प्रदुषित छ भनेर कसरी थाहा पाउनेरु यसलाई कसरी मापन गरिन्छ होला?
    १९.एक्युआई ९ ब्त्तक्ष् ० भनेको के होरु यो कसरी खोज्नेरु यसको मापन कसरी गर्नेरु कुन स्थानको वाय्यु कति प्रदुषित भनेर कसरी पत्ता लगाउने ?
    २०. तपाईं बसेको सहर वा गाउँको एक्युआई कति रहेछरु नेपालका दश प्रमुख सहरको वायु प्रदुषणको अवस्था कस्तो रहेछ ?
    माथि उल्लेखित प्रश्न बालबालिकाको उमेर र तह अनुसार आफैं छुट्ट्याएर सोध्नुहोला क्ष् साना कक्षाका बालबालिकाले पनि कहिलेकाहीं गम्भीर विषयमा कुरा गर्न सक्दछन, छलफलमा सहभागी हुन सक्दछन क्ष् यी विषयमा पहिले छलफल गरेर मात्र उनीहरुलाई लेख्न वा विभिन्न परियोजनात्मक कार्य गर्न दिनुहोला क्ष् माथि उल्लेखित प्रश्नलाई सामुहिक छलफल, अन्तर्वार्ता, अवलोकन, सामाजिक संजाल वा अन्य गुगलरयुट्युबरविकिपेडिया लगायत सामाग्रीबाट साभार गरेर खोज्न सकिनेछ । साना कक्षाका बालबालिकाको हकमा भने अभिभावक आफैं सहभागी भएर उनीहरुसंग बुझ्ने भाषा र शैलीमा छलफल गर्न सक्नुहुनेछ क्ष् वातावरण सम्बन्धी गीत गाउने, कथा भन्ने, बाहिर घाम किन प्रष्ट नलागेको भनेर देखाउने, राति तारा किन प्रष्ट नदेखिएको भनेर सोध्ने, स्वास फेरेको अवलोकन गरेर किन गार्हो भएको होला भनेर सोध्ने, खाना पकाउँदा निस्किएको धुवाँ, गाडीबाट निस्किएको धुवाँ कहाँ जान्छ होला भनेर सोध्ने लगायत गतिविधि गर्न सक्नुहुनेछ । साभार: अभिषेक घिमिरेको फेसबुकबाट  

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij