Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

गायक प्रकाश सपुतलाई कोरोना संक्रमण, “आत्मबल राखौं, यसलाई सामान्य नठानौं” !

गायक प्रकाश सपुतलाई कोरोना संक्रमण, “आत्मबल राखौं, यसलाई सामान्य नठानौं” !

  • काठमाडौं । गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले शुक्रवार सामाजिक संजाल फेसबुकमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी गराएका हुन्। उनले फेसबुकमा लेखेका छन्, “मेरो पिसिआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त योबीचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पिसिआर टेस्ट गर्नु होला ।” एकदमै धेरै शरिर दुख्नेर गल्ने, छटपटि हुने, टाउको भारी हुने,घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाईटी फिल भएपछि पीसीआर टेस्ट गरेको उनले भनेका छन्।

    images
    images
    images

    उनी अहिले होम आइसोलेशनमा बसेका छन्  । उनको अवस्था सामान्य छ । “कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौं तर यसलाई सामान्य भने नठानौं । किनकी लक्षण सामान्य भएपनि यसले निकै हतोत्साहि बनाउने रहेछ । सतर्कता अपनाउ । सुरक्षित बसौ !आशा राखौं, यो माहामारी छिट्टै टरेर जानेछ । हामी जीवनको पुरानै लयमा फर्किने छौ।” उनले लेखेका छन्। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij