Jun 21 2026 | २०८३, असार ७ गते
ललितपुर । प्यूठानमा उपचार गर्न जाने विरामीलाई लक्षित गर्दै अवरोध गरिएको बाटो सिडियोले हटाएका छन्। जिल्ला अस्पताल प्यूठान विजुवारले साविक स्वास्थ्य कार्यालयको भवनमा संचालन गरेको आईसोलेशन सेन्टर जाने मुख्य बाटोमा अवरोध गरिएको तारबारलाई सोमबार प्रहरी तथा सशस्त्र प्रहरी सहित पुगेका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले अवरोध पन्छाएका हुन्।
बिजुवारका स्थानीयहरुले बिजुवारमै तयार गरिएको निर्माण व्यवसायी संघको भवनमा अवस्थित आईसोलेशन् सेन्टर जाने बाटोमा समेत अवरोध सिर्जना गरेको प्रमुख जिल्ला अधिकारी भुसालले बताए। ‘पहिलो पटकलाई सम्झाई-बुझाई गरेर अवरोध हटाएको छु।’ भुसालले भने, ‘पुनः अवरोध गरे कडा कानुनी कारवाही गरिनेछ।’
सार्वजनिक क्षेत्रमा अनावस्यक वादविवाद तथा अवरोध गर्ने हरकोहीलाई स्थानीय प्रसाशन ऐन २०२८ तथा संक्रामक रोग ऐन २०२० बमोजिम कडा कानुनी कारवाही गर्ने जिल्ला प्रशासन कार्यालय प्युठानले जनाएको छ। त्यस्तै, मंगलबार नै प्रमुख जिल्ला अधिकारी भुसालले भिंग्रीमा तयार गरिएको २५ बेडको आईशोलेसन् सेन्टरको समेत अनुगमन गरेका छन्।
प्मायुठानमा मंगलबारसम्म सक्रिय संक्रमितको संख्या २ सय ३४ जना पुगेको छ भने कोरोनाबाट हालसम्म १६ जनाको निधन भईसकेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij