Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

कोरोना संक्रमित संचारकर्मी कति छन् ?

कोरोना संक्रमित संचारकर्मी कति छन् ?

  • ललितपुर । ‘फ्रन्टलाइन’मा काम गर्नेमध्येमा पर्छन् पत्रकार। विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड-१९ बाट ‘फ्रन्टलाइन’मा खटिएर सत्य, तथ्य, निष्पक्ष सूचना, समाचार सम्प्रेषण गरिरहेका पत्रकारहरु पनि अछुतो भने रहेन । जोखिमपूर्ण भूमिकामा काम गरिरहेका पत्रकारहरुमा महामारी बढ्दै जाँदा संक्रमित हुने क्रम पनि बढ्दै गएको छ। 

    onlinepatrika
    Arghakhachi

    पत्रकारहरुले केही समयको लागि सूचना संकलन गर्ने शैली परिवर्तन गर्नुपर्ने देखिन्छ । हालको समयमा मोबाइल, इन्टरनेटको माध्यमबाट समाचार,सूचना संकलनलाई प्राथमिकता दिनु नै उत्तम हुन्छ । पत्रिका र रेडियोलाई त हुन्छ, टेलिभिजनलाई भिडियो वा दृश्य नै चाहिन्छ त्यसको लागी फिल्डमा नै पुग्नुपर्छ । तर भाइरसले तपाई दृश्य वा भिडियोकर्मी हो भनेर चिन्दैन । फेरी कतिपय अवस्थामा पुरानै भिडियोलाई प्रयोग गर्न मिल्छ । बाइटहरुलाई पनि फोन रेकर्ड र फोटोको प्रयोग गरेर टेलिभिजनमा प्रशारण गर्न सकिन्छ । त्यसको लागि फिल्डमा हुने अन्य पेशाकर्मी तथा सर्वसाधारणबाट सूचना प्राप्त गर्न सकिन्छ । यदि हामी थाहै नपाई कोरोना संवाहक भइदियौं भने हामी रिपोर्टिङ गर्न पुगेका ठाउँमा वृद्ध, बिरामीहरु हाम्रै कारणले संक्रमित हुन सक्छन् । त्यसैले आफू पनि बचौं, अरुलाई पनि बचाऔं । 

    AGNI GROUP

    हाल सम्म ४१ जिल्लामा पूर्ण र १५ जिल्लामा आंशिक निषेधाज्ञा जारी गरेको छ । निशेधाज्ञा जारी रहेपनि कोरोनाले नयाँ रेकर्ड कायम राख्दै नेपालमा संक्रमित र मृतकको संख्या दिनानुदिन बढिरहेको छ । 

    कति छन् काठमाडौं उपत्यकामा कोरोना संक्रमित संचारकर्मी ? 

    १. रासस–११ जना
    २. रेडियो नेपाल – १५जना
    ३. गोरखापत्र –१२जना
    ४. कान्तिपुर टेलिभिजन –७ जना
    ५. कान्तिपुर –६ जना
    ६. राजधानी –६ जना
    ७. नेपाल टेलिभिजन –१०जना
    ८. माउन्टेन –४ जना
    ९.नेपाल प्रेस –३ जना
    १०. एभीन्यूज –३ जना
    ११. मेट्रो एफएम –३ जना
    १२. नयाँ पत्रिका –३ जना
    १३.सामुदायिक सुचना नेटवर्क –३
    १४.नेपाल लाइभ –२ जना
    १५.पहिलो पोष्ट÷विजमान्डु –२ जना
    १६. नेपालखबर –२ जना
    १७.इमेज –२ जना
    १८.कान्तिपुर एफएम –२ जना
    १९. हिमालयन टेलिभिजन –२
    २०. रिपब्लिका –२जना
    २१. अनलाइन खबर –१ जना
    २२.च्यानल नेपाल –१ जना
    २३ .मिडिया होम–१ जना
    २४. रातोपाटी –१ जना
    २५.नेपाल न्यूज एजेन्सी –२जना
    २६. न्यूज२४ -३जना
     
     
     
     
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij