Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

सीमा क्षेत्रका मदिरा पसलमा भीड !

सीमा क्षेत्रका मदिरा पसलमा भीड !

  • काठमाडौं । नेपाल भारत सीमा नाका नजीकका पसलमा दैनिक ठूलो सङ्ख्यामा मादक पदार्थ सेवन गर्न मानिसहरु आउने गरेका छन् । सर्लाहीमा भारतसँग सीमा जोडिएको ५१ किलोमिटर सीमा क्षेत्र रहेको छ । सबैजसो सीमावर्ती क्षेत्रमा मदिरा पसल भने पहिलेकै अवस्थामा सञ्चालन भइरहेका छन् ।

    onlinepatrika
    Arghakhachi

    पछिल्लो समय सीमा क्षेत्रमा थुप्रै स–साना मदिरा पसल सञ्चालनमा समेत आएका छन् । यता, दैनिक रुपमा मादक पदार्थ सेवन गर्न मानिसहरु नेपालतर्फ आउने गरेको भन्ने गुनासोका आधारमा पछिल्लो समय सीमा क्षेत्रमा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले बताए ।

    AGNI GROUP

    भारतको बिहार राज्यमा मदिरा बिक्री वितरणमा रोक लागेपछि भारतीय नागरिक मदिरा पिउन नेपाली बजारमा आउने गर्दछन् । हाल भारतमा दैनिक ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित थपिरहेको जोखिमपूर्ण अवस्थामा यसरी मदिरा सेवन गर्न मानिसहरु नेपालतर्फ आउनाले यसको जोखिम नेपालमा झन् बढेको छ । यसरी भीड बढ्दा कोरोना सर्ने जोखिम धेरै भएकाले आवतजावतमा रोक लगाइनुपर्ने सीमा क्षेत्रका बासिन्दाले बताएका छन् ।

    यसरी सीमा नाकामा आउने मानिसले गर्दा समस्या सृजना हुन सक्ने नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले बताए । सीमा क्षेत्रमा सञ्चालनमा रहेका होटेलहरु खुलिरहेकाले सुरक्षाको दृष्टिले कस्ता मानिसको आवतजावत छ भन्ने विषयमा सम्बन्धित निकायको ध्यान केन्द्रित हुनुपर्ने उनको भनाइ छ । रासस 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij