Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौं । काठमाडौं महानरगपालिका-१७ क्षेत्रपाटी बस्ने सिरहा लहान नगरपालिका-२४ घर भएका ३३ वर्षीय भगवान बाबु रायलाई बिल र स्टिकर नभएको ६ सय २० लिटर सेनिटाइजर जस्तो पदार्थ, ८ थान पल्स अक्सिमिटर, १३ वटा गो सेफ लेखिएको स्टिकर र २ थान बिल प्याड सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटीस्थित रायको बीबीआर ईन्टरप्राईजेज मेडिकलबाट बढि मुल्यमा विभिन्न कम्पनीका सामानहरु बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उक्त मेडिकल तलासी लिने क्रममा उक्त सामानहरु फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij