
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । अभिनेत्री बर्षा राउतलाई कोरोना पुष्टि भएको छन् । उनले सामाजिक सञ्जालमार्फत आफुमा कोरोना पोजेटिभ देखिएको बताएकी हुन् । ‘कोरोना टेष्ट गर्दा मेरो रिपोट पोजेटिभ आएको छ’ बर्षाले अगाडि भनेकी छन्, ‘मेरो गन्ध हराएको र खोकी लागेको छ ।’ उनी अहिले घरमै आइसोलेसनमा बसेको जानकारी दिएकी छिन् । बर्षाले आफु ठिक रहेको बताउँदै चाँडै काममा फर्किने अपेक्षा गरेकी छन् । उनले सबैलाई कोरोना संक्रमणबाट सुरक्षित रहन समेत सुझाएकी छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij