Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा एक पक्राउ

अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा एक पक्राउ

  • काठमाडौं । पल्स अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका-९ डेरा गरी बस्ने सिरहा शुखिपुर नगरपालिका-२ घर भएका बिनिता सर्जिकल स्टोरका संचालक ३० वर्षीय भुपनरायण साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    सोही उपमहानरगपालिका-९ बाह्र बिघास्थित उक्त स्टोरबाट १ हजार ७ सय रुपैयाँ पर्ने पल्स अक्सिमिटर २ हजार ५ सय देखि ३ हजार रुपैयाँ सम्ममा बिक्री गरी कालोबजारी गरेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न साहलाई पक्राउ गरेको हो । साथै उक्त स्टोरबाट २८ थान पल्स अक्सिमिटर समेत प्रहरीले बरामद गरेको छ ।

    AGNI GROUP

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij