Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौँ । अटोमोवाइल्स एशोसिएशन अफ नेपालले नेपाल एपीएफ अस्पताललाई कोरोना संक्रमण नियन्त्रणका लागि अत्यावश्यक सामाग्रीहरु सहयोग गरेको छ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले नेपाल एपीएफ अस्पताल अन्तर्गतको कोभिड-१९ युनिफाईड अस्पतालका प्रहरी उपनिरिक्षक डा। मिना कुवरलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्।
नाडाले कोरोना संक्रमण नियन्त्रणका लागि अत्यावश्यक हुने स्लीपर ५० सेट, थर्मोसल व्वाइलेट ५० सेट, बेड सिट ५० वटा, टावेल ५० वटा र मास्क ५ हजार वटा छन् । सामान हस्तान्तरण गर्दै अध्यक्ष दुलालले नाडाकोतर्फबाट सक्दो थप सहयोग समेत गर्दै जाने बताए।
कार्यक्रममा डा.मिना कुंवरले यस्तो बन्दाबन्दीको अवस्थामा पनि यसरी सहयोग गरेकोमा नाडालाई धन्यवाद दिइन् ।
कार्यक्रममा नाडाका महासचिव सुनिल रिजाल, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय कार्य समिति सदस्य मिलनबाबु मल्ल तथा नाडाका लेखा प्रमुख विष्णुकुमार श्रेष्ठ समेतको उपस्थिति थियो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij