
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । नेपालको चर्चित रियालिटी सो कमेडी च्याम्पियनको दोस्रो सिजनको छायाँकन रोकिएको छ । कोरोनाभाइरसको बढ्दो जोखिमका कारण छायांकन अनिश्चितकालका लागि बन्द गरिएको जनाइएको छ ।
शोका आयोजकले सामाजिक सञ्जालमार्फत कोरोनाका कारण छायाँकन गर्न असहज भएपछि स्थगित गरिएको बताएका छन् । केही समयअघि एक प्रतियोगीमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।
सामाजिक सञ्जालमा शोले भनेको छ - 'कोभिड-१९ का कारण सिर्जना भएको यो स्थितिका बीच हामी तपाईंहरू माझ कमेडी च्याम्पियन सिजन २ का नयाँ एपिसोड पस्किन असमर्थ छौं। अहिलेलाई हाम्रो छायांकन स्थगित गरिएको छ, तर पक्कै पनि चाँडोभन्दा चांडो नयाँ ऊर्जा सहित आउने नै छौं। सुरक्षित बसौँ , आफ्नो र आफन्तको ख्याल गरौँ'
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij