Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

नक्कली अक्सीमिटर कालोबजारी गर्ने ७ जना पक्राउ

नक्कली अक्सीमिटर कालोबजारी गर्ने ७ जना पक्राउ

  • काठमाडौं । नक्कली अक्सीमिटर कालोबजारी गर्ने ७ जना पक्राउ परेका छन् । कोरोना महामारीका बेला अक्सीमिटर कालोबजारी गरिरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको टोलीले ७ जनालाई पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेहरुमा काठमाडौंको बल्खु बस्ने वर्ष-२९ का शिखर श्रेष्ठ, ललितपुर कुपण्डोल बस्ने वर्ष-२१ का थुमराज उपाध्याय, ललितपुर ग्वार्को बस्ने वर्ष-२७ शेषकान्त अधिकारी, काठमाडौं भिम्सेनगोला बस्ने वर्ष-३९ पुष्कर घिमिरे, काठमाडौं अनामनगर बस्ने वर्ष-४४ विशाल आचार्य, काठमाडौं बागबजार बस्ने वर्ष(२१ का सन्तोष भण्डारी र काठमाडौं ढुङ्गेअड्डा बस्ने वर्ष-५५ का जगदिश प्रसाद रानासरिया रहेका छन् ।

    AGNI GROUP

    बरामद गरिएको उक्त अक्सोमिटरमा उत्पादन मिति नभएको, म्याद सकिएको र खरिद मूल्य नभएको अपराध महाशाखाले जनाएको छ । बरामद गरिएको उक्त अक्सोमिटरसहित ७ जनालाई विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।

    उनीहरुले बजारमा ६-७ सय पर्ने अक्सीमिटरलाई २२२० सम्म बेच्ने गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ७ सय ६५ थान नक्कली अक्सीमिटर बरामद गरिएको छ ।

    उनीहरुलाई थप अनुसन्धानका लागि हाल महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

    चीनबाट ल्याएका थिए नक्कली अक्सोमिटर :

    आहा इन्डस्ट्रियल कम्पनि प्रा लि मा काम गर्ने मोरङ घर भई हाल काठमाडौं अनामनगरमा बस्ने ४४ वर्षीय विशाल आचार्यले डि एण्ड डि इन्टरप्राइजेज न्यूरोड मार्फत चीनबाट मास्कको तुना ल्याउदा सोही तुनाको बक्सा भित्र लुकाइ छिपाई अक्सोमिटर ल्याएको प्रहरी अनुसन्धान बाट खुलेको छ ।

    उनीहरु उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij