Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

काेराेना कहरमा पनि राेकिएन 'रातो मच्छिन्द्रनाथ'को जात्रा, सर्वसाधारणलाई भने निषेध

काेराेना कहरमा पनि राेकिएन 'रातो मच्छिन्द्रनाथ'को जात्रा, सर्वसाधारणलाई भने निषेध

  • ‘कोरोना संक्रमण नियान्त्रको लागि भनेर निषेधाज्ञा जारी गरिएको छ। त्यसकारण यसवर्ष जात्रा गर्ने नगर्ने बारे धेरै छलफल गरेर विशेष स्वास्थ्य सुरक्षा अपनाएर जात्रा गर्ने तयारी गरेका छौं,’

    onlinepatrika
    Arghakhachi

    ललितपुर । ललितपुरमा वर्षौँदेखि चलिआएको 'रातो मच्छिन्द्रनाथ'को जात्रा कोरोना महामारीको बीच आजदेखि शुरु हुँदैछ। ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले कोरोनाको जोखिमकै बीच स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर रथ जात्रा गर्न लागिएको बताएका छन्।

    AGNI GROUP

    कोरोना संक्रमण नियन्त्रणको लागि उपत्याका लगायत देश भरका ७० जिल्लामा निषेधाज्ञा भएपनि वर्षौँदेखि पहिलादेखि चल्दै आएको जात्रा भएकोले औपारिकता दिन खोजिएको मेयर मर्हजनले बताएका छन्। ‘कोरोना संक्रमण नियान्त्रको लागि भनेर निषेधाज्ञा जारी गरिएको छ। त्यसकारण यसवर्ष जात्रा गर्ने नगर्ने बारे धेरै छलफल गरेर विशेष स्वास्थ्य सुरक्षा अपनाएर जात्रा गर्ने तयारी गरेका छौं,’ मेयर महर्जनले भने। उनका अनुसार जात्रा व्यवस्थापनको लागि नेपाल सरकार, गुठी संस्थान र ज्यापू समाज बीच समान्वय भएको छ।

    कोरोना जोखिमलाई मध्यनजर गर्दै जात्रामा सर्वधारणको सहभागितामा भने निषेध गरिएको छ। जात्रामा तोकिएका व्यक्ति मात्रै सहभागि हुने ज्यापू समाजले बताएको छ।

    ललितपुर महानगर अनुसार स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै जात्रा आसपासका ४० स्थानका नाकाहरु सिल गरिनेछ। जात्राको लागि तोकिएका व्यक्तिहरु सबैको कोरोना परिक्षण गरिनुका साथै जात्रामा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइने छ। कोरोना जोखिमलाई मध्यनजर गरेर यसवर्ष रथपनि सोही अनुकुलको बनाइएको गुठी संस्थानले जानकारी दिएको छ।

    हरेक वर्ष बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदाबाट सुरू हुने 'रातो मच्छिन्द्रनाथ'को जात्रा यस वर्ष बुधबार(आज)देखि शुरु हुँदैछ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij