Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौँ । अन्तर्राष्ट्रिय यात्रुहरूको लागि विश्वको सबैभन्दा व्यस्त विमानस्थलका प्रमुखले कोभिड राहदानीहरू नै अब व्यापक रूपमा वैदेशिक यात्रा पुनस् निरन्तर गर्ने बाटो भएको बताएका छन्। दुबई विमानस्थलका प्रमुख कार्यकारी पल ग्रिफिथले बीबीसीलाई भने, 'मलाई लाग्दैन यसको अन्य विकल्प छ।'
डिजिटल प्रणालीहरूका आलोचकहरूले त्यसले खोप पाउन नसक्नेहरूप्रति विभेद हुने मत राखेका छन्। ग्रिफिथले आफू त्यस्तो दस्ताबेजको पूर्ण समर्थक भएको बताउँदै त्यसलाई'अपरिहार्यु बताएका छन्।
'मलाई लाग्छ समस्या खोप राहदानी र त्यसको विभेदको होइन। विश्वव्यापी समतामूलक खोप कार्यक्रम आवश्यकता हो,'उनले भने। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र विश्व यात्रा तथा पर्यटन परिषद् भने खोप राहदानी विरोधी मत राख्नेमध्येका हुन्।
त्यसले 'दुई तहको समाजु सिर्जना गर्छ भन्ने यतिखेर धेरैको चिन्ता पाइन्छ। गत महिना डब्ल्यूएचओका डा.माइक रायनले खोप राहदानीका विषयमा उठ्ने नैतिक र निष्पक्षताको चासो दोहोर्याएका थिए। उनको भनाइ थियो, 'पुरै असमान रूपमा विश्वमा खोप वितरण भइरहेका बेला यी कुराबारे सोच्नुपर्छ।'
आर्थिक पीडा
सरकारहरूले लगाइरहेका प्रतिबन्धहरू र यात्रुले गुमाएका आत्मविश्वासका माझ थलिएको उड्डयन क्षेत्र निकै व्यग्रतापूर्वक तङ्ग्रन खोजिरहेको छ। एयर ट्रान्सपोर्ट कार्य समूहका अनुसार महामारीअघि यस क्षेत्रले विश्वको अर्थतन्त्रमा वार्षिक ३५ खर्ब डलर योगदान पुर्याउँथ्यो।
त्यसले यस क्षेत्रका विश्वका अन्य ठाउँझैँ दुबई विमानस्थलसमेत नराम्ररी थलिन पुग्यो। त्यसका बाबजुद पनि सन् २०२० मा लगातार सातौँ वर्ष दुबई अन्तर्राष्ट्रिय यात्रुको लागि विश्वको सबैभन्दा व्यस्त विमानस्थल हुन पुग्यो। सन् २०१४ मा दुबईले लन्डन हिथ्रो विमानस्थललाई उछिनेको थियो। साभार :बीबीसी
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij