Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

मन्त्रीको गाडीमा ठोक्किएर उपसचिवको गाडी कच्याककुचुक !

मन्त्रीको गाडीमा ठोक्किएर उपसचिवको गाडी कच्याककुचुक !

  • काठमाडौं । मन्त्रीको झण्डावाल गाडीले केही बेर अघि उपसचिवको गाडीलाई ठक्कर दिदाँ  अगाडिको भाग कच्याककुचुक भएको छ । ट्राफिक सिग्नल मिच्दै सिंहदरबारको मुल गेटबाट भित्र पस्न खोजेको मन्त्रीको झण्डावाल गाडीले पर्यटन मन्त्रालयको गाडीलाई ठक्कर दिँदा उपसचिवले चढ्दै आएको गाडीमा क्षति पुगेको हो ।

    onlinepatrika
    Arghakhachi
     
     

    AGNI GROUP

    प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङ सवार को अ झ ६९९ नम्बरको गाडी र नागरिक उड्डयन मन्त्रालयका उपसचिव गुरु खतिवडाले चलाएको बा २ झ १९६१ नम्बरको गाडी ठक्कर दिँदा उपसचिव खतिवडा चढ्ने गाडीको अगाडिको भाग कच्याककुचुक भएको हो ।

    मन्त्रीको गाडीले बिना संकेत वीचबाट देब्रे मोडेर सिंहदरवारको मूल गेटबाट छिर्न खोज्दा पछाडिबाट आउँदै गरेको उपसचिवको गाडी ठोक्किई क्षति पुगेको छ ।

    उपत्यका ट्राफिक प्रहरी कार्यालय (रामशाहपथ) अगाडि मन्त्री सवार गाडीले ट्राफिक नियम मिचेर गाडी चलाई सिंहदरबारतिर छिर्न खोज्दा उपसचिव सवार गाडी ठक्कर खाई क्षति पुगेको हो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij