Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

२६ वर्षीया मेजाले जितिन् यस वर्षको 'मिस युनिभर्स'

२६ वर्षीया मेजाले जितिन् यस वर्षको 'मिस युनिभर्स'

  • काठमाडौ । यस वर्षको 'मिस युनिभर्स' मेक्सिकोकी एन्ड्रिया मेजा बनेकी छिन् । सो कार्यक्रममा 'मिस यूनिभर्स २०२०'को ताज मेक्सिकोकी २६ वर्षीया मेजाले पहिरिएकी हुन् । विश्वका ७४ देशका सुन्दरीहरुमा ताजको लागि २१ जनाले प्रतिस्पर्धा गरेका थिए । उनी २१ जना मध्येबाट छानिदै ताज जितेकी हुन् । 

    images
    images
    images

    उनले उक्त कार्यक्रममा कोरोना सम्बन्धि प्रश्नको उत्तर दिएकी थिइन् । उनलाई कोभिड १९ नियन्त्रणका लागि कस्तो कदम चाल्नुहुन्छ भनि सोधिएको थियो । उनले उक्त प्रश्नको उत्कृष्ट जवाफ दिँदै मिस युनिभर्स को ताज जितेकी हुन् । 

    मेक्सिकोको चिहुवाहुवा सहरमा जन्मेकी मेजा लैङ्गिक हिंसा अन्त्यका लागि सक्रिय हुँदै आएकी थिइन् ।

    'मिस यूनिभर्स'को ६९ औँ संस्करणमा फ्लोरिडास्थित सेमिनोल हार्डरक होटल एन्ड क्यासिनो हलिउडमा भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij