Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा एक पक्राउ

खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा एक पक्राउ

  • सुनसरी । छिमेकीलाई धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा इटहरी उपमहानगरपालिका-७ बस्ने ३१ वर्षीय बाबुलाल सदालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    सामान्य विवादको क्रममा बाबुलालले छिमेकी २२ वर्षीय मनुवा सदालाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बालग्रामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते मनुवालाई उपचारको लागि धरान घोपातर्फ लगिएको छ ।

    AGNI GROUP

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij