Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

ललितपुरमा संचालित स्यानिटाइजर कम्पनी सिल, सञ्चालक नियन्त्रणमा !

ललितपुरमा संचालित स्यानिटाइजर कम्पनी सिल, सञ्चालक नियन्त्रणमा !

  • महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख तथा एसएसपी किरण बज्राचार्यका अनुसार मानव स्वास्थ्यमा हानिकारक मिथानोल अल्कोहल अत्याधिक प्रयोग गरिएको प्रमाण जुटेपछि सिल गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    ललितपुर । अक्सिजन कालोबजारीमा संलग्नलाई समातेर चर्चा बटुलेको ललितपुर प्रहरीले इमाडोल सितलहाइटमा रहेको पर्सा नेपाल इन्डस्ट्रिज प्रा.लिमा छापा मारेको छ। महानगरीय अपराध महाशाखा र औषधी व्यवस्था विभागको टोलीसहित ललितपुर प्रहरीले छापा मारेर स्यानिटाइजर कम्पनी सिल गरेको हो। उक्त कम्पनीले उत्पादन गरिरहेको प्लस ७५ प्रतिशत स्यानिटाइजर बजारमा बिक्री वितरण भइरहेको थियो ।

    AGNI GROUP

    75.jpg

    ललितपुर प्रहरी परिसर र अपराध महाशाखाको संयुक्त टोलीको यो अप्रेसनमा स्यानिटाइजर बनाउने कम्पनीबाट करिब ४० हजार लिटर स्यानिटाइजर बरामद गरेर कम्पनी सिल गरिएको छ । 'उक्त कम्पनी कतै दर्ता भएको पाइएन,' ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डि प्रसाद निरौलाले भने, ‘मुचुल्का उठाएपछि उद्योग सिल गरियो ।’ 

    मिथानोल अल्कोहल रहेको रिपोर्ट आएपछि छापा मारिएको अपराध महाशाखा प्रमुख एसएसपी चन्द्रकुबेर खापुङले बताए। उनका अनुसार कम्पनीका सञ्चालक आशिष प्याकुरेललाई नियन्त्रणमा लिइएको छ । यो अप्रेसनमा ललितपुर प्रहरी परिसरकी एसएसपी किरण बज्राचार्य, महाशाखाका प्रमुख एसएसपी खापुङ, प्रहरी उपरीक्षक कोइराला, प्रहरी उपरीक्षक कृष्ण पंगेनी, मुद्दा शाखाका प्रमुख प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीलगायत सहभागी छन् । 

    यसभन्दा अघि औषधी विभागले काठमाडौंको पाँचवटा स्यानीटाइजर कम्पनी सिल गरेर प्रतिबन्ध लगाएको थियो । 

    senitizer33.jpg

    ललितपुर प्रहरीको अप्रेसनको श्रृंखला यस्तो छ 

    ललितपुर प्रहरीको सफलता : अक्सिजन सिलिण्डर कालो बजारी गर्नेहरु च्याप्पै

     

    किरणको कमाण्डमा जथाभावी डुल्ने र गुड्नेलाई ठाउँका ठाउँ होल्ड !

     

    ललितपुरको अक्सिजन उत्पादन कम्पनीमा सुरक्षा प्रमुखहरुको छड्के

     

    सिंगो सुरक्षा प्रमुखको टोली अक्सिजन प्लान्टको अनुगमन गर्न पाटन प्रवेश

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij