Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

बङ्गालको खाडीमा शक्तिशाली चक्रवात : नेपालमा शुक्रवारसम्म प्रभाव पर्नसक्ने

बङ्गालको खाडीमा शक्तिशाली चक्रवात : नेपालमा शुक्रवारसम्म प्रभाव पर्नसक्ने

  • काठमाडौँ।  पूर्वीमध्य बङ्गालको खाडीमा यास नामक 'अति शक्तिशाली चक्रवात' विकसित भइरहेको र त्यसको अलिअलि प्रभाव नेपालमा मङ्गलवार बिहानदेखि नै पर्न थालेको जल तथा मौसम विज्ञान विभागले बताएको छ।

    onlinepatrika
    Arghakhachi

    "मङ्गलवार बिहानदेखि इलाम लगायत पूर्वी क्षेत्रमा पानी परेको छ। यसले आगामी दुई-तीन दिन देशका विभिन्न भागमा प्रभाव पार्ने प्रक्षेपण गरिएको छ," मौसमविद् समीर श्रेष्ठले बताए। उक्त चक्रवात बुधवारतिर ओडिशा तथा पश्चिम बङ्गालको तटमा आइपुग्ने भारतीय मौसम विभागको प्रक्षेपण रहेको छ। 

    AGNI GROUP

    "नेपालमा खासगरी बिहीवार र शुक्रवार कतिपय ठाउँहरूमा वर्षा हुनसक्छ। पश्चिमी क्षेत्रमा भारी वर्षा हुनसक्छ," श्रेष्ठले बताए। चक्रवातका कारण कतिपय स्थानमा हावाहुरी पनि आउन सक्ने बताउँदै उनले दक्षिणी क्षेत्रमा तेज हावा चल्न सक्ने जानकारी दिए। 

    हिमाली क्षेत्रमा सतर्कता

    विभागले सगरमाथा सहित हिमाली क्षेत्रहरूमा सतर्क रहन पनि सचेत गराएको छ। "उच्च हिमाली भूभागमा हावाहुरी समेत हुनसक्ने सम्भावना रहेकोले मङ्गलवारदेखि केही दिनसम्मका लागि पर्वतारोहीहरूलाई मौसम अनुसार सतर्कता अपनाइ सुरक्षित रहन अनुरोध छ," विभागको मौसम बुलेटिनमा उल्लेख छ।

    मौसम सतर्कताबारे सगरमाथा क्षेत्रमा रहेका पर्वतारोहीहरूलाई जानकारी गराइसकेको सम्पर्क अधिकृत ज्ञानेन्द्रकुमार श्रेष्ठले बताए। केही सातादेखि सगरमाथा क्षेत्रमा रहेका श्रेष्ठ मङ्गलवार बिहान काठमाण्डू आइपुगेका छन्। उनका अनुसार अहिले पनि त्यहाँ करिब २०० जना पर्वतारोहीहरू सगरमाथा शिखर चढ्ने तरखरमा छन्।

    "मे महिनाको अन्त्यसम्म चढिसक्ने गरी ती आरोहीहरू लागिपरेका छन्। उनीहरूलाई मौसमबारे भने सचेत गराइसकिएको छ," उनले भने। यसपालि करिब ४०० आरोहीहरूले सगरमाथा चढिसकेको पनि उनले बताए।

    टाउटेपछि यास

    गत साता भारतको पश्चिम तटमा टाउटे नामक चक्रवात आएको थियो। त्यसले पनि नेपालका विभिन्न भेगमा केही दिन वर्षा गराएको थियो। यो साता चाहिँ भारतको पूर्वी तटमा यास चक्रवात विकसित भइरहेको छ।

    यसबीच मौसमविद् श्रेष्ठका अनुसार यसपालि मनसुन अगाडिको जारी याममा सामान्यभन्दा कमै पानी परेको छ। "यसपालिको प्रिमनसुन भनिने याम अलि सुख्खा रहेको छ। लामो समय निरन्तर तापक्रम बढ्न पनि पाएको छैन। 

    मनसुन याममा भने सामान्य वा सामान्यभन्दा बढी पानी पर्ने हाम्रो अहिलेको प्रक्षेपणले देखाएको छ," उनले भने। नेपालमा सामान्यतया जुन १० बाट सुरु भएर मनसुन साढे तीन महिना जारी रहने गर्छ। बीबीसी 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij