Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

दुई सय १८ किलो अवैध लागूऔषध गाँजा सहित ट्याङकर चालक र सहचालक पक्राउ

दुई सय १८ किलो अवैध लागूऔषध गाँजा सहित ट्याङकर चालक र सहचालक पक्राउ

  • बारा । जितपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकस्थित रामरहिम ग्यारेजमा ना.४ ख २९७९ नम्बरको ट्याङकरमा लुकाई राखेको २ सय १८ किलोग्राम अवैध लागूऔषध गाँजा सहित चालक र सहचालकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेहरूमा ट्याङ्करका चालक महोत्तरी बर्दिवास नगरपालिका-८ बस्ने ३३ वर्षीय घनश्याम गिरी र सहचालक चितवन खैरहनी नगरपालिका(२ बस्ने राजकुमार दवाडी रहेका छन् ।

    AGNI GROUP

    काठमाडौंबाट भारतको बरौलीमा तेल लिन जान लागेको उक्त ट्याङ्करमा अवैध लागूऔषध गाँजा लुकाई राखेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ट्याङकरको च्याम्बरभित्र १९ पोकामा लुकाई राखेको उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij