Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

यसरी हुँदैछ उज्वलको उपचार : उपचारको लागि मनकारी बन्न आग्रह

यसरी हुँदैछ उज्वलको उपचार : उपचारको लागि मनकारी बन्न आग्रह

  • 'अहिले उहाँको अवस्था एकदमै नाजुक छ। उहाँलाई कोभिड सिभिर निमोनिया भइसकेको छ। हामीले एक्मोबाट उपचार गर्न सुरू गरेका छौं,’ डा. राज राणाले भने ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्वल थापाको स्वास्थ्य अवस्था जटिल भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । थापाको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका प्रवक्ता तथा मेसु डा. राज राणाका अनुसार थापाको एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिनेसन ९एक्मो० मार्फत उपचार हुँदै छ ।

    AGNI GROUP

    थापालाई ग्राण्डी अस्पतालबाट रेफर गरेर आजै नेपाल मेडिसिटी अस्पतालमा लगिएको हो । अहिले उहाँको अवस्था एकदमै नाजुक छ। उहाँलाई कोभिड सिभिर निमोनिया भइसकेको छ। हामीले एक्मोबाट उपचार गर्न सुरू गरेका छौं,’ डा. राणाले भने।

    बिरामीको मुटु र फोक्सोले काम गर्न छोडेको अवस्थामा वा नाजुक भएको अवस्थामा अस्थायी रुपमा मुटु र फोक्सोको काम गर्ने प्रविधि एक्मो उपचार पद्धतिको प्रयोग गरिन्छ । ‘एक्मो प्रविधिले बाहिरी पम्पहरु र अक्सिजेनेटरको सहायताले रगतबाट कार्बनडाइअक्साइड हटाई अक्सिजनको मात्रा बढाएर रक्तसञ्चार बढाउन मद्दत गर्छ ।

    यसले मुटु, फोक्सो वा दुवै अंगलाई सहयोग पुर्याउँछ,’ डा. राणाले भने । ‘हामीले ‘एक्मो’ राखेर केही दिन अगाडी नै उपचार गर्न पाएको भए अन्य बिरामीको भन्दा नतिजा फरक पाउन सक्थ्यौं कि,’ उनले भने, ‘अहिले उहाँको अवस्था एकदमै नाजुक भइसकेको छ।’

    थापाको उपचार डा. विजय राज वंशीको नेतृत्वमा भइरहेको छ । यो समूहमा डा. अशिम, डा. दिप्तेश अर्यालमा र डा. राज राणा छन् ।


    उज्वलको उपचारको लागि मनकारी बन्न आग्रह

    थापाको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग अभियान सुरु गरिएको छ । थापाको स्वास्थ्य उपचारका लागि सहयोग गर्न इच्छुक व्यक्तिले आलोक सुवेदीको नाममा रहेको कुमारी बैंक मैतीदेवी शाखाको खाता नम्बर १९४०१०५०६५४००००१ मा सहयोग गर्नसक्ने अध्यक्ष रवीन्द्र मिश्रले उल्लेख गरेका छन् ।

    हेल्थपोष्टबाट

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij