Jun 21 2026 | २०८३, असार ७ गते
ललितपुर । विप्लव नेतृत्वको नेकपाका अभियानकर्मीहरु सहयोगमा जुटेका छन् । अभियानकर्मीहरु नेपाल स्वास्थ्य बिज्ञान ब्यवसायी संघको सहकार्यमा हातेमालोमा जुटेका हुन् ।
'कोरोना महामारीद्वारा सिर्जित मानवीय एवं स्वास्थ्य संकटको समयमा जनसचेतना, जनसहयोग एवं अभियानमा सक्रिय बनेका छौं ।' नेपाल कम्युनिस्ट पार्टीका युवा नेता भिमसेन घिमिरे ’बिपिन’ ले अनलाइन पत्रिकालाई भने, 'सरकार पार्टीहरु कुर्सीको खेलमा छन्, हामी जनताको दैलोमा छौं ।'
विप्लवका अभियानकर्मीहरुले गोदावरीमा बीस घरपरिवार, बज्रबाराहीमा १४ घरपरिवार, देबिचौरका करीब ३० घरपरिवार किसानहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको थियो ।
यस्तै, यही पाटीका अभियानकर्मीहरुले हरिसिद्धिमा २० बेडको आइशोलेसन सेन्टर तयार पारेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij