Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

मनसुन जुन १० बाट शुरु हुने

मनसुन जुन १० बाट शुरु हुने

  • काठमाडौँ।  चक्रवात यास को प्रभाव अझै तीनरचार दिन नेपालमा रहने भए पन हिजोदेखि मौसममा केही सुधार भइसकेको र अब यसको प्रभाव कम हुँदै जाने मौसमविद्हरुको भनाइ छ । पश्चिमी वायुको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव अझै नेपालमा रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् मीनकुमार आर्यलले बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन,चट्याङ्ग,हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद आर्यलले बताए। उनका अनुसार यस वर्षको मनसुन जुन १० आसपासबाट शुरु हुने छ । 

    AGNI GROUP

    उनले भने,‘नेपालमा आउने पश्चिमी वायुको प्रभाव,उपयुक्त वातावरण भयो कि भएन, तिब्बतियान प्लेटिनमा १३ वटा सिस्टमहरु आएर त्यो विकसित हुनुपर्छ त्यो भयो कि भएन, पकिस्तानमा एउटा खालको सिस्टम हिट भन्ने हुन्छ त्यो एकदमै तातो हावाले विकसित हुनुपर्छ बादलविनाको तातो हावा त्यो पक्षहरु विकसित भयो भएन हेर्दै जानुपर्छ यसको लागि अझै १०र१२ दिन अध्ययन गरेर मात्र मनसुन कहिले छिर्छ भन्नसक्ने हुन्छ ।’ हाल देशमा, भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

    उनले भने,‘ चक्रवात ९यास० को प्रभाव अझै तीनरचार दिन नेपालमा रहने छ तर हिजोदेखि मौसममा केही सुधार भइसकेको छ अब यसको प्रभाव कम हुँदै जान्छ ।’ हाल देशका अधिकांश भू–भागमा सामान्य बदली रहेको छ सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशहरुका एकरदुई स्थानमा हल्का वर्षा भईरहेको पनि उनले बतए ।

    अहिले पूर्वी नेपालको जलवायुमा हावा प्रसस्त हावा हुनाले प्रत्येक दिन ग्यादरिङ्ग हुने देखिएको भन्दै उनले भने,‘मौसममा फेरबदल आइरहेकोले पानी पर्ने देखिन्छ, न्यून चापीय रेखा पूर्वी नेपालको भू–भागको एकदम नजिक रहेको छ ।’ प्रदेश १ को तराई भू–भागमा र प्रदेश २ को थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षा पनि भई रहेको छ ।

    आज दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन,चट्याङ्ग,हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा को सम्भावना छ । आज राती देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १,प्रदेश २ बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी पहाडी प्रदेशको एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २ का एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गोरखापत्र अनलाइन 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij