Jun 21 2026 | २०८३, असार ७ गते
ललितपुर। ललितपुर महानगरपालिकाले कोरोना प्रभावित व्यक्तिहरुलाई आर्थिक सहयोग गर्ने भएको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै महानगरले अस्पताल भर्ना भएर कोरोनासंक्रमणमुक्त भएका व्यक्तिलाई रु २५ हजार आर्थिक सहयोग गर्ने घोषणा गरेको हो ।
यस्तै, आईसीयू वा भेन्टिलेटरमा रही उपचार गरेर निको भएकालाई रु ५० हजार प्रदान गरिने महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए । कोरोनाको दोश्रो महामारी सुरु भएपछि कोरोना संक्रमित ज्यान गुमाउनु परेका व्यक्तिका परिवारलाई रु १ लाख रुपैया सहयोग प्रदान गर्ने निर्णय भएको उनले बताए ।
उक्त सहयोग महानगरभित्रका स्थायी बसोवास गरेका नागरिकलाई प्रदान गरिन महर्जनले जानकारी दिए । त्यस्तै महानगरले प्रत्येक वडामा पीसीआर र एन्टिजेन परीक्षणको व्यवस्था गरेको तथा विभिन्न स्थानमा आइसोलेशन पनि सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ ।
नागरिकको स्वास्थ्य र सुरक्षा अहिलको आवश्यकताः त्यसपछि मात्रै विकास प्राथमिकता भन्ने उदेश्यका साथ महानगरले कोरोना नियन्त्रण र उपचारका लागि केन्द्रीत भएर काम गरेको प्रमुख महर्जनले बताए ।
महर्जनले निषेधाज्ञाका कारण समस्यामा परेका नागरिकको सहयोगमा पनि महनगर जुटेको बताए । ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij