Jun 21 2026 | २०८३, असार ७ गते
जुवाखालमा प्रहरी पुग्दापुग्दै ज्ञानभक्त बलामी छतबाट हामफालेका थिए । बलामी भाग्न खोज्दा घाइते भएका हुन् ।
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले जुवाखालमा छापा हानेको छ । छापा हानेर प्रहरीले काठमाडौंको न्युरोडमा जुवा खेलिरहेका १५ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट १३ लाखभन्दा बढी रकम बरामद भएको छ ।
पक्राउ पर्नेमा मनहराका विनोद कार्की, काभ्रेका अजय लामा, तारकेश्वरका मुरारी भण्डारी, कौशलटारका विशाल चौलागाईं, कलंकी बस्ने राजु मोक्तान, बूढानीलकण्ठका छिरिङ लामा, काठमाडौंका सुमन कार्की, सतुंगलका भरत इटानी, गोठाटारका कल्याण कार्की पक्राउ परेका छन् ।
यस्तै, सीतापाइलाका कुमार लामिछाने, ललितपुरका नरेन्द्र महर्जन, टेकुका सुमन खड्का, काठमाडौंका पञ्चनारायण महर्जन, बाफलका ज्ञानभक्त बलामी पक्राउ परेका छन् ।
जुवाखालमा प्रहरी पुग्दापुग्दै ज्ञानभक्त बलामी छतबाट हामफालेका थिए । त्यसक्रममा घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहेको परिसरले जनाएको छ । बलामी भाग्न खोज्दा घाइते भएका हुन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij