Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

'नो हर्न'अभियानसँगै ट्राफिक प्रहरीको काँधमा 'तपाईँको मास्क खै ?'

'नो हर्न'अभियानसँगै ट्राफिक प्रहरीको काँधमा 'तपाईँको मास्क खै ?'

  • महानगरीय ट्राफिक परिसर ललितपुरका प्रहरी निरीक्षक नरेश शाहीको निम्तोमा आइपुगेका प्रहरी नायब उपरिक्षक सुनिल जंग शाहले ललितपुरका ट्राफिकहरुको काँधमा व्यानर लगाएर अभियानको प्रारम्भ गरे ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं । ट्राफिक प्रहरीले  ‘नो हर्न’ अभियानलाई कडाई गर्न आजदेखि  ‘हर्न निषेध’ अभियान प्रारम्भ गरेको छ । आजदेखि ट्राफिक प्रहरीले सवारीसाधनहरुमा स्टिकर टाँस्ने अभियान शुरू गरेको हो । उक्त स्टिकर चालकले देख्नेगरि अगाडीको सिसामा टाँसिएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा एसएसपी जनक भट्टराईले बताए । एसएसपी भट्टराईले नो हर्न अभियानलाई थप प्रभावकारी बनाउन आजैबाट उपत्यकाको ३८ वटा ट्राफिक कार्यालयले एकैसाथ ५० हजार नो हर्न स्टिकर टाँस गरि अभियानलाई शुरु गरेको जानकारी दिए । 

    AGNI GROUP

    यसैबीच यसअघि ‘तपाईँको मास्क खै र?’ अभियानका लागि प्लेकार्ड प्रयोग गरिरहँदा त्यसले ड्युटिमा खटेका ट्राफिक प्रहरीलाई असुविधा पुगेको भन्दै प्लेकार्डको विकल्पको रुपमा शरीरमा व्यानर लगाउने अभियानपनि आजैबाट शुरु गरिएको छ । महानगरीय ट्राफिक परिसर ललितपुरका प्रहरी निरीक्षक नरेश शाहीको निम्तोमा आइपुगेका प्रहरी नायब उपरिक्षक सनिल जंग शाहले ललितपुरका ट्राफिकहरुलाई काँधमा व्यानर लगाएर अभियानको प्रारम्भ गरे । त्यस्तै, प्रहरी निरीक्षक शाहीका अनुसार, प्रहरीले हर्न निषेधलाई थप कडाई गर्दै ‘नो हर्न अभियान’ आजैबाट ललितपुरमा पनि शुरु गरेको बताए ।

    1628601487-otGT8.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij