Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

पाइलटको प्रवचनमा ट्राफिकको पल्टन

पाइलटको प्रवचनमा ट्राफिकको पल्टन

  • दिनमा १४ घण्टा ड्युटी गर्नको लागि ट्राफिक प्रहरी आफूपनि शारीरिकरुपमा तन्दुरुस्त रहनुपर्ने बताउँदै क्याप्टेन विजय लामाले शारीरिक तथा मानसिक रुपमा फिट रहनको लागि विभिन्न टिप्स र ट्रीक समेत बाँडे । 

    onlinepatrika
    Arghakhachi

    काठमाडौं । महानगरीय ट्राफिक प्रहरी परिसर बग्गीखानामा क्याप्टेन विजय लामाले मोटिवेशनल क्लास दिनुभएको छ । उक्त मोटिवेशनल क्लासमा ट्राफिक प्रहरी प्रमुख जनक भट्टराई, डिएसपी सुनिल जंग शाहलगायत सयौं ट्राफिक प्रहरीहरु उपस्थित थियो ।

    AGNI GROUP

    यस्तै लामाले तीन दशक लामो आफुले विमान उडाएको अनुभव सुनाउँदै ट्राफिक प्रहरी र विमान चालकको जागीर उस्तैउस्तै रहेको समेत बताए । विमान चालकले पनि सधैं नयाँ यात्रीहरुसँग यात्रा गर्नुपर्ने र ट्राफिक प्रहरीहरुले पनि दैनिक सडकमा हिडिरहेका नयाँ नयाँ मान्छेहरूसँग काउन्सिलिङ गर्नुपर्ने भएको हुनाले निकै कठिन रहेको समेत सुनाए ।

    दिनमा १४ घण्टा ड्युटी गर्नको लागि आफूपनि शारीरिकरुपमा तन्दुरुस्त रहनुपर्ने बताउँदै लामाले शारीरिक तथा मानसिक रुपमा फिट रहनको लागि विभिन्न टिप्स र ट्रीक समेत बाँडे । 
    सम्पुर्ण ट्राफिक प्रहरीको उर्जा र हौसला दिएकोमा क्याप्टेन विजय लामालाई धन्यवाद दिदैँ ट्राफिक प्रहरी प्रमुख जनक भट्टराईले भने, ‘यसरी प्राप्त उर्जा सदासदा रहिरहन्छ ।'

    traffice 9.jpg

    traffice 11.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij