Jun 21 2026 | २०८३, असार ७ गते
प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीलाई मातहतका प्रहरी कर्मचारीहरुलाई उचित ढंगले परिचालन गर्न सफल हुनुभएको भन्दै 'पुलिस अफ द इयर' बाट सम्मानित गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
काठमाडौं । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारी २०७७ को उत्कृष्ट प्रहरी (पुलिस अफ द इयर) बाट सम्मानित हुनुभएको छ । अधिकारीलाई मातहतका प्रहरी कर्मचारीहरुलाई उचित ढंगले परिचालन गर्न सफल हुनुभएको भन्दै 'पुलिस अफ द इयर' बाट सम्मानित गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक होबिन्द बोगटीले बताए ।
राजेन्द्र किन पुलिस अफ द इयर ?
प्रशासनिक व्यवस्थापन, अपराध अनुसन्धान तथा नियन्त्रण लगायत फरार रहेका विभिन्न प्रतिवादहिरुलाई पक्राउ, अवैध घरेलु मदिरा नियन्त्रण, कोभिड १९ नियन्त्रण एवम् विभिन्न सचेतनामुलक कार्यक्रमहरु संचालन गरी आम नागरिक माझ प्रहरी संगठनको छवि उच्च गराउने कार्यमा अग्रसर भुमिका निर्वाह गरेको हुँदा २०७७ को उत्कृष्ट प्रहरी सम्मानित गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij