Jun 21 2026 | २०८३, असार ७ गते
महानगरीय प्रहरी वृत्त सातदोबाटोमा कार्यरत सम्पुर्ण महिला प्रहरी कर्मचारीहरुले हरितालिका तीज मनाएका छन् । तीज विशेष कार्यक्रममा शुभकामना आदानप्रदान गरिएको हो ।
'नागरिकको सेवासँगै परम्परालाई निरन्तरता दिएका हौं ।' कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले भने, ‘दर खाने कार्यक्रमपनि सम्पन्न भयो ।'
त्यस्तै, यसभन्दा अघि महानगरीय प्रहरी परिसर ललितपुर प्रमुख तथा एसएसपी किरण बज्राचार्यले महिला प्रहरीको हकमा गर्भवती महिला प्रहरीलाई दही चिउरा कार्यक्रम राखेर मन जितेकी थिइन् ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij