Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

स्वास्थ्यमा खेलवाड गर्नेहरुमाथि ललितपुरको अनुगमन टोलीको आकस्मिक ताकेता

स्वास्थ्यमा खेलवाड गर्नेहरुमाथि ललितपुरको अनुगमन टोलीको आकस्मिक ताकेता

  • चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने गरेको उजुरीलाई मध्यनजर राखेर अनुगमनलाई तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत बताए ।

    onlinepatrika
    Arghakhachi

    ललितपुर । चाडपर्व नजिकिएको छ । बजारलाई सन्तुलित राख्न अनुगमन आरम्भ भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको नेतृत्वमा अनुगमन भएको हो । चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने गरेको उजुरीलाई मध्यनजर राखेर अनुगमनलाई तीव्र पारिएको हो ।

    AGNI GROUP

    आज ललितपुरका विभिन्न स्थानका चारवटा पसलहरुको अनुगमन भयो । सहायक प्रजिअ बस्नेतका अनुसार कैफियत देखिएका पसललाई कारवाही अघि बढाएको छ । 

    आजको अनुगमन टोलीमा उपभोक्ता मंचबाट ध्रुवलाल तण्डुकार, उद्योग वाणिज्य संघबाट महेश श्रेष्ठ, महानगरीय प्रहरी परिसरबाट प्रहरी निरीक्षक मधुसुदन वि।क।, घरेलु तथा साना उद्योग कार्यालयकी उद्योग अधिकृत भूमिका ओझा, ललितपुर महानगरपालिकाबाट विजय खडकालगायत ललितपुरका संचारकर्मीहरुको सहभागिता थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij