Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

राशनभत्ता वृद्धिले ताली, राजपत्रमा घोषणा खाली !

राशनभत्ता वृद्धिले ताली, राजपत्रमा घोषणा खाली !

  • बजेटको प्रावधान कार्यान्वयन नहुँदा नेपाल प्रहरीका करिब ७० हजार, सशस्त्र प्रहरीका ३० हजार र राष्ट्रिय अनुसन्धान विभागका करिब तीन हजार कर्मचारी प्रभावित भएका छन् । 

    images
    images
    images

    काठमाडौं । सुरक्षा निकायको राशनभत्ता १५ प्रतिशतले वृद्धि भएको घोषणा भयो । तर आर्थिक वर्ष सुरु भएको तीन महिना हुँदा पनि राशन भत्ता उपलब्ध गराइएको छैन । बजेटमार्फत राशनभत्ता बढाइएको थियो । त्यसबारे मन्त्रिपरिषदबाट निर्णय नहुँदा करिब एक लाख सुरक्षाकर्मी बढेको राशनभत्ता पाउनबाट बञ्चित भएका छन् ।

    १५ जेठमा ल्याइएको बजेटमा १५ प्रतिशत राशनभत्ता बृद्धि गर्ने निर्णय भएको थियो । त्यससँगै आएको कर्मचारीको तलबबृद्धि सम्बन्धि विषयमा सरकारले मन्त्रिपरिषदबाट निर्णय गरी राजपत्रमा प्रकाशित गरिसकेको छ । तर, सुरक्षाकर्मीको राशन वृद्धिबारे निर्णय नगर्दा बढेको राशनभत्ता वितरण हुन नसकेको हो । बजेटको प्रावधान कार्यान्वयन नहुँदा नेपाल प्रहरीका करिब ७० हजार, सशस्त्र प्रहरीका ३० र राष्ट्रिय अनुसन्धान विभागका करिब तीन हजार कर्मचारी प्रभावित भएका छन् । 

    बजेट व्यवस्थापनमा ढिलाई हुँदा सुरक्षाकर्मीले बढेको रासन पाउन नसकेको र त्यसमा अर्थ मन्त्रालयले पहल गरिरहेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल बताउँछन् । ‘बजेटमा आइसकेको सो विषयमा त्यहीअनुसार नै राशनभत्ता बढ्छ,’ उनले भने,‘साउनदेखिकै बढेको राशनभत्ता उपलब्ध गराउँछौं । यसमा अर्थ मन्त्रालयले प्रक्रिया अघि बढाएको छ ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij