Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

समृद्धि, सुरक्षा र समर्पणमा रबीनाले देखेको सम्भावना

समृद्धि, सुरक्षा र समर्पणमा रबीनाले देखेको सम्भावना

  • रबिना थापा नेतृत्वको लागी कुनै अपरिचित नाम होईन किनकी उनी विभिन्न संस्थामा आबद्ध हुँदै गर्दा उनको नेतृत्व बाट गर्व गर्न लायकको उपलब्धिहरु भएका छन् ।

    onlinepatrika
    Arghakhachi

     

    AGNI GROUP

    विभिन्न कामको सिलसिलामा आफ्नो मातृभुमिबाट विदेशमा आफ्नो भविश्य खोज्न हिडने नेपालीहरु जस्तै रबीना थापा पनि जीवनको अवसरको खोजीमा विदेश झण्डै २५ वर्ष अगाडि विदेश पलाएन भईन । अवसरको खोजी मै विभिन्न देशहरुमा बसेर कडा परिश्रम गर्दै आज एक सफल प्रवासी नेपालीको रूपमा स्थापित भएकी छन् । धेरै आरोह अवरोहमा ज्ञान र अनुभव प्राप्त गरिसकेकी छन् । 
     
    रबीनाको सामाजिक तथा परोपकारी यात्रा


    पच्चीस वर्ष भन्दा पहिलेदेखि नै सामाजिक र परोपकारी कार्यहरु सहभागि हुँदै र समाजिक कार्यको अनुभव बटुल्दै विभिन्न क्षेत्रमा महिला नेतृत्वको रुपमा आफुलाई स्थापित गराईसकेकी छन् । उनीले आफ्नो सामाजिक कार्यमार्फत नेपाल, जापान, संयुक्त राज्य अमेरिका र विश्वका अन्य धेरै देशहरुमा पनि आफ्नो अन्तर्राष्ट्रिय प्रभाव बनाउन सफल भएकी छन् । रबिना नेतृत्वको लागी कुनै अपरिचित नाम होईन किनकी उनी विभिन्न संस्थामा आबद्ध हुँदै गर्दा उनको नेतृत्व बाट गर्व गर्न लायकको उपलब्धिहरु भएका छन् । ती मध्ये केही समावेश गरिएको  छ । 
     JSS जापान र JSS संयुक्त राज्य अमेरिका को संस्थापक सदस्य। 


     अमेरिका मा नेपाली को बाल्टीमोर एसोसिएशन (BANA) का संस्थापक सदस्य
     नेपाल भ्रमण (२०११) को संयोजक जहाँ उनले पर्यटकहरुलाई नेपाल भ्रमण गर्न अभियान चलाएकी थिइन्
     ANA कन्भेन्सन २०१२ का संयोजक
     NRNA NCC संयुक्त राज्य अमेरिकाको उपाध्यक्ष (२०१५-२०१७)
     NRNA ICC उपाध्यक्ष (२०१९ –२०२१)
     नेपाल मानव अधिकार परिषद् को ग्लोबल CO-ORDINATOR

    रबीनाको एनआरएनए र रणनिति

    रबीना साँच्चै लोकतन्त्र, समानता, अभिव्यक्ति स्वतन्त्रता र सशक्तिकरणमा विश्वास गर्छिन् । सशक्तिकरण महिलाहरुको लागी मात्र नभई अन्य पहुँच नभएका समूहहरुको लागी पनि आवाज बुलन्द गराउँछिन् । असुरक्षित वा समस्यामा परेका समूहहरु जस्तै विश्वभर रहेका नेपाली श्रमिकहरुका आधारभूत मानव अधिकार, मध्य पूर्व मा बस्ने वा काम गर्ने श्रमिक का सुरक्षा तथा श्रमको सुनिश्चिततामा बढि फोकस गर्दै आईरहेकी छन् । उनी एनआरएनएका अग्रज तथा अभियन्ताहरुको पाइला पछ्याउन चाहन्छिन् र यस संगठनलाई अर्को स्तरमा ल्याउने योजना बनाउँछिन् र युवा पुस्तालार्ई सामेल हुन प्रोत्साहित गर्नेछिन् ताकी एनआरएनएको भविष्य र विरासत धेरै बर्ष सम्म दिगो रहन्छ ।

    रबीनाको व्यापारिक पृष्ठभूमि
    रबीना एक ब्यापारिक पृष्ठभुमि भएको परिवारको सदस्य हो । उनको ब्यापारमा इच्छा शक्तिका साथ समर्पित र प्रतिबद्ध छिन् । विश्वव्यापीरूपमा बिशाल संजालका साथ विभिन्न व्यवसायहरु उनी संग जोडिएको छ । रबीना र उनको परिवारले होटल, पर्यटन, जलबिद्युत मा लगानी गर्नुका साथै वाणिज्य क्षेत्रका उद्योगहरु पनि सफलतापूर्वक संचालन गरिरहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij