Jun 21 2026 | २०८३, असार ७ गते
ललितपुर । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले सरकारी कार्यालयका सूचना अधिकारीलाई उर्दी जारी गरेका छन् । प्रजिअ उपाध्यायले सूचना अधिकारीको जिम्मेवारी लिनेको नाम र सम्पर्क अनिवार्य राख्न उर्दी गरेका हुन् ।
सरकारी कार्यालयका सूचना अधिकारी र ललितपुरका पत्रकारहरुसँगको बैठकमा प्रजिअ उपाध्यायले भने, ‘सकारात्मक कार्यको विवरण आदानप्रदान गर्नु राम्रो कार्य हो । यसले समाजमा राम्रो सन्देश जान्छ ।’
यस्तै, ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी ललित बस्नेतले दुवै पक्षलाई सहजीकरण गर्दै भने, ‘सूचना आदानप्रदान हुँदा कार्यक्षमताको विकास हुन्छ ।’ बैठकमा ललितपुरमा रहेका दश सरकारी कार्यालयका सूचना अधिकारीहरुको उपस्थिती थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij