Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

'सेफ्टी पीन' अप्रेशनसँगै ललितपुर प्रहरीको सुक्ष्म निगरानी 

'सेफ्टी पीन' अप्रेशनसँगै ललितपुर प्रहरीको सुक्ष्म निगरानी 

  • विगतमा झैं यसवर्ष पनि चाडपर्वको समयमा यस्ता खालका अपराधहरू बढ्न सक्‍ने कुरालाई मध्यनजर राख्दै प्रहरी परिसर ललितपुरले विशेष सुरक्षा योजना बनाई टोली परिचालनमा विशेष ध्यान दिइएको परिसर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले बताउनुभयो ।

    onlinepatrika
    Arghakhachi

    ललितपुर । महानगरीय प्रहरी परिसर ललितपुरले चाडपर्व लक्षित विशेष सुरक्षा योजना प्रारम्भ गरिसकेको छ । योजना अन्र्तगत सेफ्टी पीन नाम दिइएको अप्रेशनमा सादा पोशाकमा प्रहरी परिचालित भएका छन् ।

    AGNI GROUP

    प्रहरी टोलीले सार्वजनिक सवारी साधन तथा सार्वजनिक स्थलहरूमा हुने चोरी, पाकेटमार जस्ता अपराधहरू उपर सुक्ष्म निगरानी समेत गरिरहेको प्रहरी परिसर ललितपुरका प्रहरी उपरिक्षक तथा प्रवक्ता प्रज्वल महर्जनले बताए । महर्जनले भने, ‘दर्जनौं शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान समेत गर्ने गरिएको छ । 

    विगतमा झैं यसवर्ष पनि चाडपर्वको समयमा यस्ता खालका अपराधहरू बढ्न सक्‍ने कुरालाई मध्यनजर राख्दै यस कार्यालयबाट विशेष सुरक्षा योजना बनाई टोली परिचालनमा विशेष ध्यान दिइएको परिसर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले बताउनुभयो । सेफ्टी पीनमा खटिएका टोलीले दुई जनालाई सार्वजनिक सवारीभित्र पाकेट मार्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij