Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

पर्वत अस्पतालमा रु दुई करोड बराबरका स्वास्थ्य उपकरण हस्तान्तरण

पर्वत अस्पतालमा रु दुई करोड बराबरका स्वास्थ्य उपकरण हस्तान्तरण

  • पर्वत । जिल्ला अस्पतालमा रु दुई करोड बराबरका स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ । लायन्स क्लब अन्तर्राष्ट्रियअन्तरर्गत पर्वत जिल्लामा क्रियाशील आठ  लायन्स क्लब र लियो क्लबको समन्वय र साझेदारीमा लायन्स क्लब अन्तर्राष्ट्रिएलआइसिीएकोषको विशेष आर्थिक सहयोगमा उपकरण हस्तान्तरण गरिएको हो । 

    onlinepatrika
    Arghakhachi

    लायन्स क्लबको तर्फबाट नेपालमा सबैभन्दा ठूलो सहयोग सो अस्पताललाई गरिएको छ । लायन्स क्लबको तर्फबाट रु एक करोड १६ लाख ३८ हजार १२०, सांसद  गिरीमार्फत स्थानीय पूर्वाधार विकास साभेदारी कार्यक्रमअन्तर्गत विनियोजित रु ३५ लाख, कुश्मादे रु १५ लाख र स्थानीय लायन्स तथा लियो क्लबको जोड कोष रु ३३ लाख २५ हजार ९९५ सहित रु एक करोड ९९ लाख ६४ हजार ११५ को लागतका स्वास्थ्य उपकरण सहयोग गरिएको परियोजनाका अध्यक्ष बसन्तकुमार कर्माचार्यले जानकारी दिए ।

    AGNI GROUP

    जिल्ला अस्पतालको मागअनुसार १२ प्रकारका १३ थान अस्पताल उपकरण र चार प्रकारका २४ थान फर्निचर अस्पताललाई प्रदान गरिएको दाता संस्थाले जनाएका छन् । अत्याधुनिक एक्सरे, इसिजी, भेन्टिलेटर, अप्रेशन थिएटर, आइसियु बेड लगायतका सामग्री हस्तान्तरण गरिएको हो ।

     लायन्स क्लब अन्तर्राष्ट्रियका पूर्वअन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतान तथा सांसद पदम गिरीबाट सामग्री हस्तान्तरण गरिएको हो । परियोजना अध्यक्ष तथा लायन्स लिडर वसन्तकुमार कमाचार्यका अनुसार अस्पतालमा आवश्यक सामग्रीले यहाँ आउने बिरामीले सुविधा पाउने बताए ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij