Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

पर्यटकीय क्षेत्रको विकास सरकारको मुख्य उद्देश्य होः मन्त्री आले

पर्यटकीय क्षेत्रको विकास सरकारको मुख्य उद्देश्य होः मन्त्री आले

  • काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमलगायत देशभरका पर्यटकीय क्षेत्रको विकाससँगै प्रचारप्रसार गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi


    डोटीको जोरायल गाउँपालिका–२ बुडरमा आज आयोजित सुदूरपश्चिम पर्यटन साइकल यात्रा–२०७८ को समापन समारोहमा उनले धार्मिक तथा पर्यटकीय हिसाबले सुदूरपश्चिममा धेरै सम्भावना रहेकाले त्यहाँको विकासका लागि अहोरात्र खटिने विश्वास दिलाए । उनले भने, “सुदूरपश्चिमका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न सके आर्थिक प्रगति गर्न सकिन्छ ।”

    AGNI GROUP

    त्यहाँका पर्यटकीय क्षेत्रको विकाससँगै प्रचारप्रसारका लागि मन्त्रालयले उल्लेख्य मात्रामा लगानी गरेको बताउँदै मन्त्री आलेले सुदूरपश्चिमका प्रशिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तड, रामारोसन, अपिसैपाल, बडिकेदारलगायत स्थानमा पर्यटक भित्र्याउनका लागि भौतिक पूर्वाधारसहित निर्माणकार्य तीव्ररुपमा बिस्तार भइरहेको बताए ।

    पर्यटकको सहजताका लागि मोटरबाटो, खानेपानीलगायत भौतिक संरचना विस्तारका लागि पहल गरिरहेको मन्त्री आलेले जानकारी दिए । सुदूरपश्चिममा असङ्ख्य मात्रामा पर्यटकीय क्षेत्र तथा धार्मिकस्थल भएकाले ती क्षेत्रको तीव्र विकाससँगै प्रचारप्रसार गर्नुपर्नेमा मन्त्रीको आलेको जोड थियो ।

    सुदूरपश्चिम वन तथा पर्यटन मन्त्रालयको आर्थिक सहयोग तथा फारवष्टर्न राइडर कल्बको सहकार्यमा यही पुस ३ गते कैलालीको धनगढीबाट उक्त पर्यटन साइकल यात्रा सुरु भइ डोटीको बुडरमा गएर आज समापन गरिएको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij