Jun 21 2026 | २०८३, असार ७ गते
भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिका– ९ ताथलीस्थितमा एक पुरुष झुण्डिएको अवस्थामा फेला परेका छन्।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार रामेछापको लिखु गाउँपालिका ४ स्थायी घर भएका ४० वर्षीय बसन्त बस्नेत झुण्डिएर मृत अवस्थामा फेला परेका हुन्।
आफ्नै घरमा बाँसको बलोमा सलको पासो लगाई झुण्डिएको अवस्था फेला परेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान कार्य भइरहेको परिसरले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij