Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौँ । अन्तरजातीयको युवतीसँग विवाह गरेकै कारण हुम्लाका एक युवक हप्ता दिनदेखि बेपत्ता पारिएका छन् ।
दलित युवकले मल्ल थरकी युवतीलाई विवाह गरेका कारण माइती पक्षद्वारा निर्घातरूपमा कुटपिट गर्दै अपहरण गरी बेपत्ता पारेका छन् । सर्केगाड गाउँपालिका–१ को जैरगाउँका १९ वर्षीय चन्द्रे कामीले मुगुको सोरु गाउँपालिका–४ को लिप्रुगाउँकी १९ वर्षीया सुन्तली मल्लसँग अन्तरजातीय विवाह गरेको भन्दै युवती पक्षले युवक पक्षीय कामीलाई निर्घात कुटपिट गर्नुका साथै हप्ता दिनदेखि पारेका छन् भने घरमा तोडफोड गरेका छन् ।
गत मङ्सिर ५ गते मल्लको घरबाटै भागी विवाह गरेर आफ्नो घरमा ल्याएको भन्दै युवती पक्षका करिब २० जनासम्मको समूहले मङ्सिर २९ गते बुधबार रातिको समयमा जैरका गाउँका अन्य छिमेकीका घरमा ताला लगाई आफ्नो घरको ढोका, झ्याल र छतको दाँती फाल्दै घरपरिवारलाई निर्घातरूपमा कुटपिट गरेको बुवा धनजय कामीले गुनासो गरे ।
बुवा कामीले भने, “अन्तरजातीयको युवती विवाह गरेका कारण छोराले कुटाई खानुप¥यो, घरमा तोडफोड भयो, कुटपिटसँगै छोरालाई अपहरण गरी लिएर आजसम्म भेटाउन सकिएको छैन ।” खै छोरालाई कुन कर्णाली नदीमा फालेहोलान् अत्तोपत्तो छैन बुवाले दुःखेसो गरे ।”
कामी र मल्ल अन्तरजातीय भएका कारण भागी विवाह गरेका कारण उनीहरूले विवाह गरेर भागेको दिनदेखि युवती माइतपक्षको धम्की सहँदै आउनुपरेको थियो । माइती पक्षको धम्कीका कारण छोराबुहारी सर्केगार्ड गाउँपालिकाका वडा नं २ को रीपगाउँमा बस्दै आएको बुवा कामीले बताए ।
यता लिपु्रका माइती पक्षले खोजिरहेको भए पनि भेट्टाउन सकेका थिएनन् । पछि माइती पक्षबाट अहिलेको जमानामा पनि के को जातपात, आउ भेटौँ भनेर बोलाएपछि उक्त जोडी घरमा आएका हुन् । बुधबार राति मात्रै युवकको घरमा माइतीपक्ष आएर युवकलाई निर्घात कुटपिट गरेका थिए । हुम्लाबाट युवायुवतीलाई लिएर मुगु पुगेको भए पनि युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने युवक अझै बेपत्ता पारिएका छन् । निर्घात कुटपिटपछि युवकलाई कहाँ लिए अझै अत्तोपत्तो हुनसकेको छैन ।
घटनाका विषयमा प्रहरीलाई जानकारी आएलगत्तै जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माको टोली र मुगु जिल्लाबाट प्रहरी टोली घटनास्थलमा पुगिसकेको प्रमुख जिल्ला अधिकारी गणेश आचर्याले बताए । प्रमुख जिल्ला अधिकारी आर्चायका अनुसार बेपत्ता युवक कामी र युवती मल्ल पक्षका दुवैसँग बुझने र आवश्यक अनुसुन्धान भइरहेकाले युवती पक्षको बुवालाई प्रहरीले अनुसुन्धानका लागि नियन्त्रण लिएको बताए ।
प्रहरीले माइती पक्षका बुवा र युवतीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ । घटनास्थलमा प्रहरी नायब उपरीक्षक शर्मा आफँै पुगेका छन् ।
बेपत्ता पारिएका युवक अझै भेट्टाउन सकिएको छैन । प्रहरीले अनुसन्धान र खोजी तीव्र पारेको बताएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij