Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडाैँ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले न्याय सेवा आयोगको बैठक बोलाएका छन्। आयोगका प्रवक्ता मानबहादुर कार्कीका अनुसार भोलिलाई प्रधानन्यायाधीशले बैठक बाेलाएका हुन्। आयोगका प्रवक्ता मानबहादुर कार्की जिल्ला न्यायाधीशहरूको रिजल्ट निकाल्नका लागि बैठक आह्वान गरिएको जानकारी दिए ।
प्रधानन्यायाधीश अध्यक्ष हुने न्याय सेवा आयोगमा कानुन मन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, महान्यायाधीवक्ता, लोक सेवा आयोगका अध्यक्ष सदस्य रहन्छन्।
जिल्ला न्यायाधीशको १८ पदका लागि दसैँ अघि आयोगले परीक्षा लिएको थियो। असोज १२ देखि १७ गतेसम्म न्यायाधीशको लागि उक्त परीक्षा भएको थियो। परीक्षाको रिजल्ट निकाल्नुपर्ने दबाबमा आयोग छ।
बैठकमा कानुनमन्त्री बडू र महान्यायाधिवक्ता उपस्थित होलान् कि नहोलान् भन्ने चासो छ । सत्ता गठबन्धनले अनौपचारिक रूपमा निकास (राजीनामा) दिन प्रधानन्यायाधीश जबरालाई भनेका बेला उनले बोलाएको आयोगको बैठकमा कानुनमन्त्री र सरकारका कानुनी सल्लाहकार सहभागी नहुने अनुमान गरिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij