Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडाैँ । महिलामाथि दुर्व्यवहार गर्ने धामी र पूजारीलाई प्रहरीले पक्राउ गरेको छ।
धामी–झाँक्रीसँग उपचार गराउने क्रममा एक महिलामाथि अभद्र व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ का ६६ वर्षीय भूपेन्द्र ज्ञवाली, वडा नम्बर ७ का भक्ति ज्ञवाली र बराहताल गाउँपालिका–८ का मिलन ज्ञवाली पक्राउ परेका छन्।
कुलपूजा गर्न आएकी महिलालाई दुव्र्यवहार गरेको आरोपमा तीनै जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिए ।
“पक्राउ परेकामाथि अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेका छौँ, पीडित पक्षले अहिलेसम्म उजुरी दिएको छैन”, शाहीले भन्नुभयो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij