Logo

Aug 27 2025 | २०८२, भदौ ११ गते

Aug 27 2025 | २०८२, भदौ ११ गते

लागूऔषधसहित भारतीय नागरिक कुमार पक्राउ

लागूऔषधसहित भारतीय नागरिक कुमार पक्राउ

  • काठमाडौँ। नेपाल प्रहरीले लागूऔषधसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले  बा४ख ५१४४ नम्बरको यात्रुबाहक बसमा सवार भारत विहारका १८ वर्षीय विवेक कुमारलाई आइतबार पक्राउ गरेको हो ।

    images
    images
    images

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले लागुऔषध झोलामा लुकाएर ल्याएको अवस्थामा नागढुङ्गामा जाँचका क्रममा लागुऔषधसहित कुमारलाई पक्राउ गरिएको जानकारी दिए ।प्रहरीले पक्राउ परेका भारतीय नागरिकसँग ७०० एम्पुल डाइजेपाम, ७०० एम्पुल फेनार्गन, ७०० एम्पुल नुर्फिन र भारतीय आधार कार्ड बरामद गरेको छ ।

    images

    पक्राउ परेका कुमारलाई लागूऔषध नियन्त्रण २०३३ को कसुरमा जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij