Logo

Aug 27 2025 | २०८२, भदौ ११ गते

Aug 27 2025 | २०८२, भदौ ११ गते

एक वर्षमा छ हजारले लिए राहदानी

एक वर्षमा छ हजारले लिए राहदानी

  • हेटौँडा । मकवानपुर जिल्ला प्रशासन कार्यालयबाट एक वर्षको अवधिमा साढे छ हजारभन्दा बढी व्यक्तिले राहदानी लिएका छन् । आर्थिक वर्ष २०७८/७९ मा छ हजार ५३२ जनाले राहदानी लिएका हुन् ।

    images
    images
    images

    विभागबाट प्रिन्ट भएर आएका ४१५ वटा राहदानी भने वितरण हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए । कार्यालयले विभागबाट बनाउने गरी छ हजार ९४७ राहदानीमा साधारण सिफारिस गरेको थियो भने चार हजार १३८ राहदानीमा द्रुत सिफारिस गरेको थियो ।

    images

    कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा तीन हजार ५२४ राहदानी वितरण गरेकामा ८५० वितरण हुन बाँकी थिए । उक्त आर्थिक वर्षमा चार हजार ३७४ राहदानीका लागि सिफारिस गरिएकामा दुई हजार ९५१ द्रुत सिफारिसमा परेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij