Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । काठमाडौंको सुन्दरीजल खोलामा खसेर बेपत्ता भएका किशोर मृत फेला परेका छन्। काठमाडौंको कपनका १६ वर्षीय शुभम श्री प्रधानको शव फेला परेको हो। शनिबार उनी आफ्ना साथीहरूसँग सुन्दरीजलमा घुम्न पुगेका थिए।
प्रधानले शनिबार अपरान्ह सवा ४ बजेतिर ढुंगामा बसेर फोटो खिचाउन खोजेका थिए। त्यसक्रममा उनी चिप्लिएर खोलामा खसेका थिए। खसेपछि साथीहरूले प्रहरीलाई खबर गरेका थिए। प्रधानलाई खोज्न प्रहरी वृत्त बौद्धबाट प्रहरी टोली खटिएका थिए ।
त्यस्तै, त्यहाँ प्रहरीको सामाखुसी स्थित विपद व्यवस्थापनको टोली, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारको लागि खटिएका थिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij