Logo

Aug 28 2025 | २०८२, भदौ १२ गते

Aug 28 2025 | २०८२, भदौ १२ गते

म्याग्दीमा पहिरोले एकै परिवारका पाँच जनाको मृत्यु

म्याग्दीमा पहिरोले एकै परिवारका पाँच जनाको मृत्यु

  • काठमाडौं। म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। थप तीन जनाको शव भेटिएसँगै पहिरोमा परेर मृत्यु हुनेको संख्या पाँच पुगेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । मृतकहरू एकै परिवारका हुन्।

    images
    images
    images

    तामेङमा ३७ वर्षीय घामबहादुर विकको परिवार पहिरोमा परेको हो। पहिरोले घामबहादुरसहित श्रीमती राममाया विक र छोरी रोजी विकको शव मध्यान्ह फेला परेको प्रहरीले बताएको छ। घामबहादुरका छोराहरू नवीन र रुजन विकको शव बिहान फेला परेको थियो।

    images

    पहिरोमा परेर दुईजना घाइते भएका र उपचार भइरहेको प्रहरीले जनाएको छ।बस्तीमाथिबाट पहिरो खसेको आवाज आएपछि भाग्दाभाग्दै गोठे र गोरी विक भने घाइते भएका थिए। पहिरो स्थलबाटै गोरीको उद्धार गरिएको थियो भने गोठे नजिकै घाइते अवस्थामा भेटिएका थिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij