Logo

Aug 28 2025 | २०८२, भदौ १२ गते

Aug 28 2025 | २०८२, भदौ १२ गते

बौद्धको कस्मेटिक कारखानामा प्रहरी छापा

बौद्धको कस्मेटिक कारखानामा प्रहरी छापा

  • काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ बौद्ध नयाँ बस्तीमा रहेको कस्मेटिक सामग्री उत्पादन गर्ने कारखानामा प्रहरीले छापा मारेको छ । नक्कली कस्मेटिक सामान उत्पादन गर्ने कम्पनीमा छापा मारिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले बताए । सो कारखाना दीपिका अग्रवाल उनका पति राहुल अग्रवाल र भाइ रोहित अग्रवालले संचालन गरेका हुन् ।

    images
    images
    images

    सो कम्पनीले कमसल सामान उत्पादन गरेर नाम चलेका कम्पनीको स्टिकर टाँसेर बजारमा बेच्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । 

    images

    कारखानामा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिल गरेर अनुसन्धान थालेको छ । कारखानामा ५ करोड भन्दा बढीको सामान भेटिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij