
Aug 28 2025 | २०८२, भदौ १२ गते
काठमाडौँ । भक्तपुरको नयाँ ठिमीमा चोरी भएको छ । सूर्यविनायक नगरपालिका–३ स्थित राजु श्रेष्ठको घरमा बस्ने रमा मग्रातीको डेरामा चोरी भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले बताए । शनिवार दिउँसो कोठा फोडेर २० हजार नगद र ४ तोला सुन चोरी भएको छ । दिउँसो ३ र ४ बजेको बीचको समयमा चोरी भएको प्रहरीको भनाइ छ ।
घर छाडेर हिँड्दा चोरले दिउँसै चोरी गर्नसक्ने भन्दै प्रहरी परिसर भक्तपुरले सकभर घर नछाड्न र छाड्नु परेमा बलियो ताला लगाउन आग्रह गरेको छ । यस घटनाको थप खोजी भइरहेको प्रहरी परिसरले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij