
Aug 28 2025 | २०८२, भदौ १२ गते
काठमाडौँ । भक्तपुर र हिन्दु धर्मावलम्बीहरुले मान्दै आएको चार धाम मध्येको एक धाम हो द्धारकाधाम । नेपालका नागरिक द्धारकाधामको दर्शन गर्नु परे भारतमा रहेको द्धारकाधाम जाने गर्दछन् । यसर्थ नेपालमा पनि द्धारकाधामको आवश्यकता महसुस गर्दै भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित पाथिभरा मन्दिर परिसरमा नेपालमै पहिलो द्धारकाधाम निर्माण हुदै छ ।
यहीँ साउन २५ गते दिउँसो १ बजेर ३२ मिनेटमा जगको साइत गरि नेपालमै पहिलो द्धारकाधाम निर्माण सुरु गरिने मन्दिर निर्माणका मुख्य अगुवाई तथा गुण्डुस्थित पाथिभरा मन्दिरका मूल पूजारी गुरु अरविन्द शास्त्रीले जानकारी दिए ।
उनले पश्चिम भारतको गुजरातमा रहेको प्रसिद्ध द्धारकाधाम जस्तै सूर्यविनायकको गुण्डुमा नेपालकै पहिलो द्धारकाधाम निर्माण सुरु गरिने उनले जानकारी दिए । करिब आठ रोपनी क्षेत्रफलमा २० करोडको लागतमा पाँचवर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ द्धारकाधामको गुरुयोजना निर्माण सम्पन्न गरि मन्दिर निर्माणको कार्य अगाडि बढाएको उनले जानकारी दिए ।
द्धारकाधामको मूल मन्दिर मात्रै तीन रोपनी क्षेत्रफलमा फैलिने बताउदै उनले भारतको द्धारकाधाममै मन्दिरको मुख्य मूर्ति निर्माण कार्य सुरु भइसकेको उनको बताए । उनले तीन वटै सरकार र दाताहरुबाट संकलन हुने रकमबाट मन्दिर निर्माण पूरा गर्ने लक्ष्य राखेको बताउदै द्धारकमधामसँगै पाथिभरा मन्दिर परिसरमा सबै गोत्रका ऋषिहरू मूर्ति स्थापना गरिने बताए ।
भक्तपुरको गुण्डुमा पाथिभरा मन्दिर निर्माण भएपछि नयाँ पर्यटकीय गन्तव्य बनेको र द्धारकाधामको निर्माणले यस क्षेत्रमा धार्मिक पर्यटनको विकास हुने र द्धारकाधामको दर्शन गर्न भारत गइरहनु नपर्ने जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij