Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडाैं । शिवम् सिमेन्टले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले १०.५३ प्रतिशत नगद लाभांश (कर सहित) लाभांश दिने घोषणा गरेको हो।
प्रस्तावित उक्त लाभांश कम्पनीको आगमी सातौं साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउँनेछन्। उक्त लाभांश पारित गर्न कम्पनीले पुस २९ गते साधारण सभा समेत बोलाएको छ ।
सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले पुस २० गते बुक क्लोज गर्ने भएको छ। पुस १९ गतेसम्मका कायम सेयरधनीरूले मात्र लाभांश तथा साधारण सभामा भाग लिन पाउँनेछन्।
गत वर्ष भने कम्पनीले सेयरधनीलाई २९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। गत वर्षकाे तुलनामा कम्पनीले लाभांश दर घटाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij