
Aug 15 2025 | २०८२, साउन ३० गते
काठमाडौं । सत्ता गठबन्धनभित्र मन्त्रालय भागबण्डामा सहमति जुटेको छ । सोमबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यसबारेमा छलफल गर्न बालकोट पुगेका थिए । बालकोटमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निरन्तर भएको छलफलले मन्त्रालय भागवण्डा टुंगाएको हो ।
क्याबिनेटमा अहिले एमालेका ५, माओवादीबाट २, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट १ र जनमत पार्टीबाट १ जना सहभागी छन् । बाँकी १७ वटा मन्त्रालयको भागबण्डा मिलाउन बालकोट बैठकले मोडालिटी तय गरेको बुझिएको छ ।
गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ मा विश्वासको मत लिइसकेको छ । तर, हालसम्म क्याबिनेट भने विस्तार हुन् सकेको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij