Logo

Aug 15 2025 | २०८२, साउन ३० गते

Aug 15 2025 | २०८२, साउन ३० गते

एंकर २१ सदस्यीय प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

एंकर २१ सदस्यीय प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

  • काठमाडौं । प्रतिनिधि सभा बैठकले प्रतिनिधि सभाको नियमावली मस्यौदा गर्न २१ सदस्यीय समिति गठन गरेको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले सभाको नियमावली मस्यौदा गर्न २१ सदस्यीय समिति गठन गरेको घोषणा गरेका हुन् ।

    images
    images
    images

    समितिमा सांसदहरु अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडु, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल, महेश बर्तौला रहेका छन् ।

    images

    यसैगरी, सांसदहरु रमेश लेखक, लीलानाथ श्रेष्ठ, विद्या भट्टराई, शक्ति बस्नेत, सर्वेन्द्रनाथ शुक्ल, सीता गुरुङ, सुवासचन्द्र नेम्बाङ, सोबिता गौतम, हितराज पाण्डे र ज्ञानबहादुर शाही रहेका छन् ।

    सभामुखले पेश गरेको प्रतिनिधि सभाको नियमावली मस्यौदा समिति गठनसम्बन्धी प्रस्ताव बैठकले सर्वसम्मतले पारित गरेको हो । समितिलाई १५ दिनको समय तोकिएको छ र अध्यक्ष समितिले आफैं चयन गर्नेछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij